बाढीपीडितका लागि सीपी अस्पताल परिवारद्वारा ३ लाख ३५ हजार ३३५ रुपैयाँ सहयोग
धनगढी: भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीस्थित सीपी अस्पताल परिवारले राहत कोषमा आर्थिक सहयोग गरेको छ।
अस्पतालका अनुसार विपद्बाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अस्पतालका कर्मचारी तथा प्रशासनको तर्फबाट रु. ३ लाख ३५ हजार ३ सय ३५ सहयोग गरिएको हो।
अस्पतालले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै विपद्को यस घडीमा प्रभावित परिवारको पीडा कम गर्न सबैलाई आफ्नो सामर्थ्यअनुसार सहयोग गर्न आग्रह गरेको छ।
अस्पताल परिवारले सहयोगले पीडित परिवारको जीवनमा केही राहत र आशा थप्ने विश्वास व्यक्त गरेको छ।