सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर फैलिँदै मङ्कीपक्स : फ्रान्समा अहिलेसम्म ५१ जना सङ्क्रमित

२०७९ जेठ २२, ०६:१९ खबर संवाददाता

एजेन्सी: विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन्।

मध्य तथा पश्चिमी अफ्रिकामा मङ्कीपक्स रोग तुलनात्मक रुपमा अझ धेरै फैलिएको छ। युरोपेली देश फ्रान्समा मङ्कीपक्सको पहिलो सङ्क्रमण मे महिनामा देखिएको थियो। त्यसयता फ्रान्समा ५१ जना सङ्क्रमित भएका छन्। सङ्क्रमित सबै पुरुष रहेका छन्।

उत्तर अफ्रिकामा भने सङ्क्रमण सामान्य अवस्थामै छ। हल्का ज्वरो, मांसपेशी दुख्नु, थकान महसुस हुनु, हातखुट्टा र अनुहारमा राता फोका आउनु मङ्कीपक्स रोगका लक्षण हुन्।
 

कमेन्ट लोड गर्नुस