सुदूर नेपाललाई विश्वसँग जोड्दै

यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

२०७९ जेठ २१, ०१:३८ खबर संवाददाता

काठमाडौँः आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ।मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपाली टिम ८ ओभर १ बलमा न्यून स्कोरमा समेटिएको हो।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै उच्च स्कोर बन्न पुग्यो। नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए। यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन्। त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन्। खेलमा यूएईले ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ। ट्वान्टी २० मा सबैभन्दा न्यून स्कोरमा अलआउट हुने रेकर्ड भने मालदिभ्सको नाममा रहेको छ। सन् २०१९ मा नेपालको पोखरामै भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बंगलादेशविरुद्धको खेलमा मालदिभ्स ६ रनमा अलआउट भएको थियो। नेपाली महिला टिमको भने यसअघिको न्यून स्कोर ५० रन थियो। सागअन्तर्गत नै पोखरामा भएको बंगलादेशविरुद्धको खेलमा नेपाली टिम ५० रनमा समेटिएको थियो।

शुक्रबार नेपालले कतारलाई ७९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। छनोटमा आयोजक मलेसियासहित नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ।

कमेन्ट लोड गर्नुस