सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा नयाँ डेन्टल क्लिनिक संचालनमा

२०७९ जेठ २०, ०६:२९ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा नयाँ डेन्टल क्लिनिक सञ्चालनमा आएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर २ लोटस गल्लिामा कालिका डेन्टिल क्लिनिक सञ्चालनमा आएको हो। 

क्लिनिकका सञ्चालक धनबहादुर लामिछाने मगरले १० लाखको लागतमा क्लिनिक सञ्चालनमा ल्याएको बताए। उनका अनुसार क्लिनिकमा दन्त परिक्षण तथा परामर्श, गिजाबाट रगत आउने, गिजा सुन्निने र साँस गन्हाउन रोगको उपचार, अल्ट्रिासोनिक स्कोलिङ मेसिनबाट दाँत सफा गरिने तथा उपचार, दाँतमा पोलियो, भाँचिएको दाँतमा खोल लगाइने, दुखेको दाँतको उपचार, किराले खाएको दाँतमा सिमेन्ट दाँतको एकसरे, बाङ्गा–टिङ्गा नमिलेका दाँत मिलाउने, दाँत नभएका ठाउँमा दाँत राखिने, बच्चाको दुखेको दाँतको उपचार, दाँतको पुरै सेट तथा निर्मलीकरणको सुविधा रहेको छ। 

क्लिनिकमा डाक्टर  सन्तोष कुमार पाण्डेले उपचार शेवा दिनेछन्। उनीसँग अन्य डेन्टल चिकित्सकहरुले पनि क्लिनिकबाट सेवा दिनेछन्। लामिछाने पूर्व सञ्चारकर्मी हुन।

कमेन्ट लोड गर्नुस