सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटलीलाई हराउँदै ‘फाइनलसिमा’को उपाधि अर्जेन्टिनालाई

। फोटो स्रोत ।
२०७९ जेठ १९, ०७:२३ खबर संवाददाता

काठमाण्डौँः इटलीलाई हराउँदै अर्जेन्टिनाले ‘फाइनलसिमा’ सन् २०२२ को उपाधि जितेको छ।

वेम्बली मैदानमा गएराति भएको खेलमा इटलीलाई ३–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो।

अर्जेन्टिनाका लाउटरो मार्टिनेज, एन्जल डी मारिया र पाउलो डिबालाले एक÷एक गोल गरे।

कप्तान लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरे। उनले दुई असिस्ट गरे। फाइनलसिमामा युरोकप च्याम्पियन र कोपा अमेरिका च्याम्पियनबीच प्रतिस्पर्धा हुनेगर्छ। इटली युरोकप च्याम्पियन हो भने अर्जेन्टिना कोपा च्याम्पियन हो।

फुटबल विकासका लागि फरक देश, महादेश र संस्कृतिलाई एक ठाउँमा ल्याउन खेल भएको हो।

कमेन्ट लोड गर्नुस