सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्मचारी समायोजन विधेयक पारित, प्रदेश र स्थानीय तहमा गएका कर्मचारी संघमा सरुवा हुन नपाउने

। फोटो स्रोत ।
२०७५ फाल्गुन ३, ०७:१३ खबर संवाददाता

संघीय संसदको प्रतिनिधिसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ पारित गरेको छ।  
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गरेको विधेयक बहुमतले पारित गरिएको हो। विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघमा सरुवा हुन नपाउने व्यवस्था गरिएको छ। बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले त्यो विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा व्यापक छलफल भई सर्वसम्मतिले पारित भएकाले यसमा कुनै समस्या नरहेको दाबी गर्नु भएको थियो। उनले त्यस विधेयकले कर्मचारीहरुको वृत्ति विकासमा कुनै समस्या नपार्ने पनि बताएको थियो। विधेयकमाथिको छलफलमा भाग लिँदै प्रेम सुवाल, सरिता गिरीलगायतका सांसदहरुले स्थानीय तहको स्वीकृतिबिना नै विधेयक तयार गरेको भन्दै फिर्ता लिन माग गरेका थिए।
 

कमेन्ट लोड गर्नुस