सुदूर नेपाललाई विश्वसँग जोड्दै

वातावरण संरक्षण गर्दा जनताको मौलिक हकमा ध्यान दिन सुझाव

२०७५ फाल्गुन ३, ०७:०८ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकमा वातावरणमैत्री कुरालाई समेटन प्रदेशसभा सदस्यहरुले आग्रह गरेका छन्। आजको प्रदेशसभा बैठकमा विद्येयकमाथीको समान्य छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विद्येयकमा वातावरणमैत्री कुरा समावेश गर्न आग्रह गरेका हुन्।

समान्य छलफलमा भाग लिएका प्रदेशसभा सदस्य महेशदत्त जोशीले वातावरण संरक्षणसँगै सरकारले जनताहरुको खान लगाउन पाउने, स्वास्थ्य उपचार गर्न पाउने लगायतका मौलिक हकको प्रयोग गर्नमा बन्देज लगाउन नहुने बताए।

उनले अहिले विश्वमा भइरहेको औद्योगिकरणका कारण कार्वन उत्सर्जन भएर वातावण प्रदुषण भइरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे। छलफलमा भाग लिएका नेकपाकै अर्का प्रदेशसभा सदस्य वलदेव रेग्मीले वातावरण संरक्षणका लागि प्रदेश ऐन आवश्यक रहेको भन्दै विद्येयक पारित भए सहज हुने बताए।

यस्तै आजको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशमा सुशासन प्रत्याभुती गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक दफावार छलफलका लागि विद्यायन तथा प्रदेश मामिला समितिमा पठाएको छ।    

कमेन्ट लोड गर्नुस