सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाका दुवै अध्यक्ष धनगढी आउँदै, प्रधानमन्त्रीले प्रदेश सभामा सम्बोधन गर्ने

२०७५ फाल्गुन ३, ०६:३९ नवराज पनेरु

प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड ७ गते धनगढी आउने कार्यक्रम तय भएको छ। ८ गते नेकपाको धनगढीमा हुने कार्यकर्ता भेला र अन्य विभिन्न कार्यक्रमका लागि पार्टीकाद्धय अध्यक्ष धनगढी आउने कार्यक्रम तय भएको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताए।

७ गते प्रधानमन्त्रीले २ वटा सरकारी कार्यक्रममा सहभागिता जनाउने तयारी छ भने ८ गते विहान ९ बजे सुदूरपश्चिम प्रदेश सभामा सम्बोधनको कार्यक्रम रहेको अध्यक्ष थापाले बताए। ओलीले फागुन ७ गते सहजपुर–विपिनगर–दिपायल कालोपत्रे सडक शिलान्यास गर्ने कार्यक्रम छ । ८ गते नै धनगढीमा हुने भेलालाई दुवै अध्यक्षले सम्बोधन गर्ने उनले बताए। 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस