सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकार पूर्णतः असफल : नेता महत

। फोटो स्रोत ।
२०७५ फाल्गुन ३, ०५:५६ खबर संवाददाता

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले सरकार पूर्णतः असफल भएको आरोप लगाउनु भएको छ। 
कांग्रेस सह–महामन्त्री महतले सरकारको एक वर्ष पुरै असफल भएको दाबी गर्नु भएको हो। उनले ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई ‘कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’को संज्ञा पनि दिए। शुक्रबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सह–महामन्त्री महतले सरकारले गलत आर्थिक नीति लिएकाले देशको आर्थिक क्षेत्र संकटमा फसेको, सुशासन दिनुको सट्टा भ्रष्टाचार बढेको, अपरिपक्व परराष्ट्र नीतिका कारण अन्तर्रा्ष्ट्रिय सम्बन्ध बिग्रेको दाबी पनि गरे। पूर्व परराष्ट्र मन्त्रीसमेत रहनु भएका महतले सरकारकै कारण देशमा स्वदेशी पूँजीसमेत पलायन हुने अवस्थामा पुगेको पनि बताए। सरकारले उल्टो बाटो लिएकाले देशमा सुशासन र समृद्धि आउने सम्भावना नरहेको उनको दाबी छ। 
 

कमेन्ट लोड गर्नुस