सुदूर नेपाललाई विश्वसँग जोड्दै

चार दिनपछि आफन्तले बुझे शव

२०७९ जेठ १२, ०८:५८ रासस

चरीकोट: टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि आज आफन्तले बुझेका छन्। दोलखाको गौरिशङ्कर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर विकको शव चार दिनपछि आज आफन्तले जिम्मा लिएका हुन्। 

मृतकका परिवारसँग आज भएको छलफलबाट टिपर चालकलाई कानूनी कारवाही गरिने र मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव बुझेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सुशील केसीले बताए। 

गौरिशङ्कर–७ मार्वुमा यही जेठ ९ गते ७० वर्षीय विकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। टिपरको ठक्करले मृत्यु भएपछि टिपर चालकलाई कारवाहीको माग गर्दै परिवारले शव बुझ्न मानेका थिएनन्। टिपर चालक हालसम्म फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस