सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम दुर्घटना अपडेटः थप एक जनाको मृत्यु 

२०७९ जेठ ११, ०५:३५ खबर संवाददाता

धनगढीः अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–४ का ३५ वर्षीय तारा धमालाको मृत्यु भएको जल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए।

यसअघि उक्त दुर्घटनमा परि घटनास्थलमै ४४ वर्षीय अमर धमालाको मृत्यु भएको थियो। बुधबार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान टोट्केसालमा भे१त ८९३७ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो। दुर्घटनामा परेर २२ जना घाइते भएका छन्। घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य सामान्य घाइते रहेका छन्। घाइतेमध्ये एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि मंगलसैन ल्याइएकोे प्रहरी नायव उपरीक्षक थपलियाले बताए।
 

कमेन्ट लोड गर्नुस