सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा नक्कली डाक्टर पक्राउ 

२०७९ जेठ १०, ११:१८ खबर संवाददाता

अछाम: अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक रहेका छन्। उनले आफू त्रिवि शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा. दिपक विसी भएको बताउँदै आएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलीयाले बताए।      

विकको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिदहरु, बैंकका भौचरहरु, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको उनले बताए। विकले आफू वास्तविक डाक्टर नभएको र अनुचित लाभ लिनका लागि दिपक बिसी हुँ भन्दै ढाँट्ने गरेको स्विकारेको अछाम प्रहरी प्रमुख थपलीयाले बताए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।  

कमेन्ट लोड गर्नुस