सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको साँफेबगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा समाजवादीका कुँवर विजयी

२०७९ जेठ ९, ०७:१५ खबर संवाददाता

अछामः अछामको साँफेबगर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेन्द्रबहादुर कुँवर ७ हजार २६५ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पशुपति कुँवरले ५ हजार ३९ मत ल्याएर पराजित भइन्।

यस्तै उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका शिवबहादुर कुँवर विजयी भएका छन्। उनले ६ हजार ४३४ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रंग ठकुल्लाले ५ हजार ३१४ मत प्रात गरेका छन्।

यस्तै वडा नम्बर एकको अध्यक्षमा स्वतन्त्र उम्मेदवार नन्दसिंह ठकुल्ला र वडा ६ मा पनि स्वतन्त्रकै मिनबहादुर बोहरा विजयी भएका छन्। वडा २ मा कांग्रेसका सेतबहादुर कुँवर, वडा ३ मा कुलबहादुर कुँवर, वडा ४ मा नवराज बुढा, वडा ५ मा मक्र कुँवर विजयी भएका छन्। 

वडा ७ मा कांग्रेसका हिक्मत कडायत, वडा ८ मा कालुसिंह कुँवर, वडा ९ मा एकीकृत समाजवादीका दिपक कुँवर, १० मा एमालेका ललित बोगटी, ११ मा एमालेका रामबहादुर बोहरा, १२ मा कांग्रेसका जनक कडायत, १३ मा नेकपा एमालेका रुपबहादुर कुँवर र १४ मा कांग्रेसका सन्जु साउँद अध्यक्षमा विजयी भएका छन्।
 

कमेन्ट लोड गर्नुस