सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका वडाध्यक्षको पहिलो निर्णयः आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने 

२०७९ जेठ ९, ०६:३७ खबर संवाददाता

अछाम: अछामको तुर्माखाँद गाउँपालिका–४ का नवनिर्वाचित वडाध्यक्ष पदबहादुर बिसीले आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो बैठकबाट उनले वृक्षारोपण दिवसका अवसरमा आगामी असार १४ गते १०२८ वटा विरुवा रोप्ने निर्णय गरेका हुन्। वृक्षारोपणलाई आगामी पाँच वर्षसम्मै निरन्तरता दिने भनिएको छ।

नेकपा (माओवादी केन्द्र)बाट चुनाव लडेका उनले १०२८ मत पाएका थिए। उनले वडामा कुनै नागरिकको मृत्यु भएमा उसको परिवारलाई किरिया खर्चस्वरूप ५ हजार उपलब्ध गराउने पनि निर्णय गरेका छन्। 

कमेन्ट लोड गर्नुस