सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंदेखि बाजुरासम्म छायांकन भएको ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक(भिडिओ)

२०७९ जेठ ९, ०५:३२ खबर संवाददाता

काठमाडौं: स्वस्तिमा खड्काको बहुचर्चित चलचित्र चिसो मान्छेको ट्रेलर सार्वजनिक भएको छ। सुदूरपश्चिमको जीवनसंघर्ष, रहनसहन, श्रीमान् वैदेशिक रोजगारीमा गएपछि भोग्नु परेको पीडाको कथा रहेको चलचित्र चिसो मान्छेको ट्रेलर सार्वजनिक भएको हो।

दीपेन्द्र के खनालको निर्देशनमा बनेको चलचित्रमा मुख्य कलाकार स्वस्तिमा खड्का बाजुरेली ‘लुक्स’मा देखिएकी छन्।

ट्रेलरमा अर्पण थापा र देशभक्त खनाल पनि अटाएका छन्। फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन्। फिल्ममा निर्देशक खनालकै लेखन र छायांकन समेत रहेको छ। ‘चिसो मान्छे’ आगामी असार १ गतेदेखि देशभरका सिनेमा हलमा रिलिज हुनेछ ।

फिल्मको छायांकन सुदूरपश्चिमको बाजुरा जिल्लाको एक गाउँमा पुगेर सकिएको निर्माण पक्षले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस