सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘प्रेम गीत–३’ दसैँमा रिलिज हुने 

२०७९ जेठ ९, १०:३६ खबर संवाददाता

काठमाडौं: चलचित्र ‘प्रेम गीत–३’ले रिलिज डेट घोषणा गरेको छ। दसैँको अवसर पारेर चलचित्र असोज ७ गते रिलिज गर्ने निर्माता सन्तोष सेनले बताएका छन्। सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशन रहेको चलचित्र कोभिड संक्रमणको महामारीका कारण देश लकडाउनमा जानु अगाडि नै तयार भइसकेको थियो।

चलचित्रमा शिव श्रेष्ठ, सुनील थापा, प्रदीप खड्का, नवनायिका क्रिष्टिना गुरुङ, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ। हिन्दी भाषामा पनि डब गरिएको यो चलचित्र भारतका थिएटरमा पनि रिलिज गर्ने तयारी रहेको निर्देशक सेनले बताए।

कमेन्ट लोड गर्नुस