सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुरमा कांग्रेस विजयी, मेयर बने ओझा

२०७९ जेठ ८, ११:४७ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४३४ प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २०० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।     

यस्तै उपमेयरमा नेपाली कांग्रेसकै द्रोपती रानाले विजयी भएकी छन्। उनले ९ हजार ६७५ मत पाएकी छिन्। उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी निवर्तमान उपमेयर रमिता रानाले ७ हजार ३१६ मत ल्याएकी छिन्।

कमेन्ट लोड गर्नुस