अछाममा एमालेका भाइलाई हराएर कांग्रेसका दाजु बने पालिका अध्यक्ष
अछाम : अछामकाे बान्नीगढी जयगढ गाउँपालिकामा दाइले भाइलाई पराजित गरेका छन्। कांग्रेसका टेकबहादुर साउदले एमालेका लाेकबहादुर साउदलाई ४ सय ९८ मतान्तरले पराजित गरेका हुन्।
टेक ३ हजार ११२ मतसहित विजयी हुँदा लाेकले २ हजार ६१४ मत मात्र पाए। बान्नीगढ-३ बर्दादेवी धारासैन घर भएका साउँद दाजुभाइ फरक-फरक पार्टीबाट उम्मेदवार बनेका थिए। एउटै खलकका उनीहरुका बुवा दाजुभाइ हुन्।
टेक कांग्रेस अछामको पूर्वपार्टी सचिव हुन् भने एमाले बान्नीगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । उपाध्यक्षमा भने एमालेका विन्दु रावल निर्वाचित भएकी छन्। रावल २ हजार ७ सय ३१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र उम्मेदवार निर्मला साउँदले २ हजार ७ सय १७ मत पाइन्।