बैतडीको पञ्चेश्वरमा चन्द र भट्ट दोहोरिए
बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ। सो गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा बीना भट्ट विजयी भएका छन्। यद्यपि आधिकारिक घोषणा हुन बाँकी रहेको छ।
अध्यक्षमा एमालेका गोरखबहादुर चन्दले ३ हजार ५८४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रमेशसिंह भण्डारीले २ हजार ३७९ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा एमालेका बीना भट्टले २ हजार ८८९ मत ल्याएकी छिन् भने एकीकृत समाजवादीका राजेन्द्र चन्दले २ हजार ३२७ मत ल्याएका छन्।