डडेल्धुराको अमरगढीमा काँंग्रेसको अग्रता कायमै, पछिपछि काँंग्रेस विपी
धनगढी: प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। एमालेसँग तालमेल गरेको काँग्रेस विपी भने काँग्रेसको पछिपछि छ।
१३४० मतगणना हुँदा काँग्रेसका उम्मेदवार डिल्ली जोशीले ६३१ र नेपाली काँग्रेस विपीका उम्मेदवार हरि भट्टले ५३८ मत पाएका छन्। यस्तै माओवादीका लक्ष्मण सिंहले ७४ र एकीकृत समाजवादीकी संगिताले २६ मत प्राप्त गरेकी छिन्।
डडेल्धुरामा काँग्रेसको असन्तुष्ट समूहले नेपाली काँग्रेस (विपी)को चुनाव चिह्न करुवाबाट चुनाव लडेको छ। अमरगढीमा उसले नेकपा एमालेसँग तालमेल गरेको छ।