भीमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटना, डोटीका एक जनाको मृत्यु

धनगढी: भीमदत्त राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। राजमार्ग अन्तरगत डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुनढुनेमा शनिवार दिउँसो मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा परि डोटीको आदर्श गाउँपालिका–३ घर भएका अन्दाजी २५ वर्षीय चक्र भाटको मृत्यु भएको छ। मोटरसाइल चालक सोही ठाँउका ३१ वर्षीय भिमबहादुर घाइते भएका छन्।

दिपायलबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१००९ प १४५४ नम्बरको मोटरसाइल दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। अहिले शव र घाइतेलाई डडेल्धुरा अस्पताल पुगाइएको छ।
