सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको शिवनाथमा गठबन्धनको अग्रता

२०७९ वैशाख ३१, ०८:०८ खबर संवाददाता

धनगढी: बैतडीको शिवनाथ गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। वडा नम्बर १ को एक हजार मत गणना गरिसक्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउँद अगाडि छन्।

उनले ५१५ मत ल्याएका छन्। एमालेबाट अध्यक्षका उम्मेदवार हजारी साउँदले ३१५ मत ल्याएका छन्। उपाध्यक्षमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले ४०४ र एमालेकी शकुन्तला साउँदले ३४८ मत ल्याएकी छिन्। वडा नम्बर १ मा काँग्रेसका उम्मेदवार बल्देवसिंह चाडले ५५९ मतका साथ अगाडि छन् भने  एमालेका देवसिंह साउँदले ३४९ मत पाएका छन्। 
 

कमेन्ट लोड गर्नुस