सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा ६० प्रतिशतभन्दा बढी मतदान

२०७९ वैशाख ३०, ०५:१३ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा ६० प्रतिशतभन्दा बढी मतदान भएको छ।  मुख्य निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीका अनुसार साँझ ४ बजेसम्म जिल्लाभरीमा ६० प्रतिशतभन्दा बढी मत खसेको बताए।  सदरमुकामको अमरगढी नगरपालिकामा ६३.९ प्रतिशत मतदान भएको उनले बताए। डडेल्धुरामा कूल ९० हजार १ सय १९ मतदाता रहेका छन् मतदाता रहेका छन्।

डडेल्धुरामा जम्मा १२६ मतदान केन्द रहेकोमा कुनैपनि मतदान केन्द्रमा सामान्य विवादबाहेकका घटना भएका छैनन्। जिल्लाका सबै मतदान केन्द्रमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको र कुनै पनि अप्रिय घटना नभएको निर्वाचन अधिकृत हरिप्रसाद पंगेनीले बताए।  


 

कमेन्ट लोड गर्नुस