वर्षा रोकिएपछि डडेल्धुराको आलिताल–७ मा मतदान सुरु
२०७९ वैशाख ३०, ०२:५४
डडेल्धुराः वर्षाका कारण डडेल्धुराको आलिताल गाउँपालिका– ७ मा रोकिएको मतदान सुरु भएको छ। पानी पर्न रोकिएपछि गौरीशंकर मावि मेलगाँजामा पुनः मतदान कार्य सुरु भएको मतदान अधिकृत लोकराज पनेरूले जानकारी दिए।
पानी परेपछि मतदान केहीबेर रोकिएको थियो। त्यहाँ ‘क’ र ‘ख’ गरी २ ओटा मतदान केन्द्र रहेका छन्।
कमेन्ट लोड गर्नुस