सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री देउवाको गृहजिल्लामा मतदान चलिरहेका बेला पानी परेपछि...

२०७९ वैशाख ३०, १२:४९ खबर संवाददाता

डडेल्धुराः प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा मतदान जारी रहेका बेला पानी परेको छ। जिल्लाको आलिताल गाउँपालिका-७ स्थित गौरीशंकर मावि मेलगाँजा मतदान केन्द्रमा पानी परेको हो। पानी परेपछि मतदान केहीबेर रोकिएको छ। अहिले विद्यालयको दुई कोठामा मतदान भइरहेको छ। यहाँ क र ख मतदान केन्द्र रहेको छ।

पानी परेपछि मतदाताहरू तितरबितर भएका थिए। ११ सय ८६ मतदाता रहेको केन्द्रमा अहिलेसम्म ५ सय बढी मत खसेको मतदान अधिकृत लोकराज पनेरूले जानकारी दिए।

कमेन्ट लोड गर्नुस