सुदूर नेपाललाई विश्वसँग जोड्दै

देउवा डडेल्धुरामा, दुई आमसभालाई सम्बोधन गर्ने 

२०७९ वैशाख २७, ०९:०९ खबर संवाददाता

डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्लामा छन्। सोमबार साँझ जिल्ला सदरमुकाम आइपुगेका उनले आज यहाँ आयोजना हुने दुई वटा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

उनले बिहान १० बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजना हुने चुनावी आमसभा र दिउँसो २ बजे भित्री मधेसको परशुराम नगरपालिकाको लालढुङ्गा बजारको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवासँग कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय नेताहरूले पनि आमसभालाई सम्बोधन गर्ने जनाइएको छ। 

उनले हिजो गृह पालिका गन्यापधुरा-२ बडालको चुनावी सभालाई सम्बोधन गरेका थिए। त्यसपछि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला सदरमुकाम आएका हुन्। उनी दोस्रोपटक गृहजिल्ला आएका हुन्। यसअघि उनी गत कात्तिकमा सुदूरपश्चिममा बाढीपहिरो गएका बेला डडेल्धुरा आएका थिए।

कमेन्ट लोड गर्नुस