घुससहित पक्राउ परेका सईविरुद्ध भ्रष्टाचार मुद्दा
धनगढीः गण्डकी प्रदेश प्रहरी कार्यालयअन्तर्गत विपद् व्यवस्थापन गुल्म, बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। लेनदेनको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग ३८ हजार रूपैयाँ घुस लिएको आरोपमा अख्तियारले आइतवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियार पोखराको टोलीले उनलाई वैशाख ६ गते नियन्त्रणमा लिएको थियो। अनुसन्धान गर्दा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।