‘डडेल्धुरामा कांग्रेसको चुनावी आमसभामा देउवा दाईको हिसावकिताव राख्ने रहर छ’
डडेल्धुराः कांग्रेसले कार्बाही गरेका नेता कर्णबहादुर मल्लले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको डडेल्धुरामा हुने चुनावी आमसभामा बोल्न रहर ब्यक्त गरेका छन्। उनले आफूले सो चुनावी आमसभामा १० मिनेटमात्र बोल्ने र पार्टीमा गरेका हिसावकिताव राख्ने रहर भएको बताएका छन्।
‘हिम्मत छ भने मलाई २७ गते हुने देउवा दाईको आमसभामा १० मिनेट बोल्न दिनु, देउवा दाईको अगाडि काँग्रेस विद्रोही हरी भट्टतर्फबाट म आफ्ना कुरा राख्ने छु।’ उनले भने, ‘२०६७ साल अगाडि के गर्नुभयो। र, २०६७ सालपछि म डडेल्धुराको नेतृत्वमा आएपछि के के काम गरे सबै भन्नेछु।’ यस्तै देउवाले आफूमाथि कुनै लगानी नगरेको उनले बताए। मल्लले पार्टीको निर्णय विपरीत एमालेसँग डडेल्धुरामा तालमेल गरेपछि उनलाई कांग्रेसले कार्बाही गरेको थियो।