सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७९ वैशाख २०, १२:०१ खबर संवाददाता

काठमाडौं:  सुनको भाउ त्यसयता भने घट्न थालेको छ। फागुन २५ गते सुनको मूल्य तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँसम्म पुगेको थियो।  केही दिनयता भने सुनको भाउ लगातारजसो घटिरहेको छ। हिजो साेमवार तोलामा आठ सय रुपैयाँले घटेको सुनको भाउआज मङ्गलवार फेरि एक हजार रुपैयाँले घटेर ९७ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेकाले नेपालमा पनि सस्तिएको हो। आज चाँदीको भाउ भने स्थिर छ। चाँदी आज पनि हिजोजस्तै तोलाको एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। 

कमेन्ट लोड गर्नुस