२००, ५०० र २,००० का भारु नोट प्रचलनमा ल्याउन सुझाव
काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले नेपालको पहाडी भूभागमा पर्यटक आकर्षित गर्न केवलकार परियोजनालाई प्राथमिकता दिन सुझाव दिएको छ।सोमबार अर्थमन्त्री जनार्दन शर्मालाई बजेट सम्बन्धी सुझाव दिँदै महासंघले यस्तो बताएको हो। नेपालको ६८ प्रतिशत भूभाग रहेको नेपालमा केवलकार परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने सुझावमा उल्लेख छ। महासंघले २००, ५०० र २००० रुपैयाँका भारतीय नोटलाई नेपालमा प्रचलनमा ल्याउन समेत सुझाव दिएको छ।
नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गरि प्रभावकारी रुपमा लागु गर्नुपर्ने र यसलाई भारतमा केन्द्रित गर्न समेत महासंघले सरकारसमक्ष सुझाव दिएको छ।पर्यटन पूर्वाधार विकासका लागि चाहिने जग्गा सरकारले न्यूनतम भाडामा लिई उपयोग गर्न दिनु पर्ने र यसको समयावधि कम्तिमा ५० वर्षको हुनुपर्ने सुझावमा भनिएको छ। ५० करोड रुपैयाँ भन्दा बढी लगानी हुने पर्यटन पूर्वाधारका परियोजनालाई विशेष प्याकेजको व्यवस्था गर्न समेत महासंघले सुझाव दिएको छ। छिमेकी मुलुकबाट बैवाहिक समारोहमा आउँदा गरगहना ल्याउने प्रक्रियालँई सहज बनाउन र नेपाललाई शिक्षण गन्तब्यमा रुपमा आकर्षित गर्न समेत महासंघले सरकारलाई दिएको सुझावमा उल्लेख छ।