सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब मेटाभर्समा चुम्बन गर्न सकिने, पार्टनरको महसुस दिलाउने

२०७९ वैशाख १९, १२:३२ खबर संवाददाता

धनगढीः फेसबुकका सीईओ मार्क जुकरबर्गले जब मेटाभर्सको घोषणासँगै फेसबुक कम्पनीको नामसमेत परिवर्तन गरी मेटा राखे सुरुमा त मेटाभर्स भनेको कुन दुनियाँ हो कसैलाई थाहा थिएन। तर अहिले चाहिं मेटाभर्समा बिहे भैरहेका छन्, मानिसहरु जग्गाजमिन खरिद बिक्री गरिरहेका छन् र म्युजिक कन्सर्ट पनि हुन थालेका छन्।

भर्चुअल रियालिटीको संसार अर्थात् मेटाभर्स यत्तिमा मात्र सीमित हुने चिज होइन। यसबारेमा एक नयाँ अपडेट आएको छ। अब मेटाभर्समा एक नयाँ प्रविधिको सहयोगमा मानिसहरूले आफ्नो पार्टनरलाई चुम्बन गर्न तथा पार्टनरलाई महसुस गर्न सक्नेछन्। रिपोर्टअनुसार पार्टनरसँग टाढा हुँदासमेत मेटाभर्समा मानिसहरूले पार्टनरको ओठ महसुस गर्न सक्नेछन् र ओठमा चुम्बन गर्न सक्नेछन्। अल्ट्रासोनिक ट्रान्सड्युसरको माध्यमबाट भर्चुअल रियालिटी हेटसेटमा यो मेटाभर्समा यस्तो कार्य सम्भव भएको हो। नयाँ प्रविधिको माध्यमबाट भर्चुअल रियालिटी हेटसेटमा एक कम्पन हुनेछ जसबाट मानिसहरूलाई आफ्नो पार्टनरको नजिक भएको अनुभुति हुनेछ।

यो नयाँ प्रविधिको सहयोगमा मानिसहरूले मेटाभर्समा झरनाको पानी पिउन तथा चियाको चुस्की लिन समेत सक्नेछन्। साथै मेटाभर्समा भर्चुअल रुपमा चुरोट पिउन पनि सकिने बताइएको छ। अमेरिकाको पेन्सिल्भेनियास्थित कार्नेगी विश्वविद्यालयका शोधकर्ताहरुले नयाँ प्रविधिसँगै नयाँ हेडसेट तयार गरेका हुन्।

उक्त हेडसेटमा विशेष रुपमा ह्याप्टिक अर्थात् कम्पन टच दिइएको छ। यो हेप्टिक टचले ओठ, दाँत तथा जिब्रोमा सबैभन्दा राम्रो काम गर्दछ।

कमेन्ट लोड गर्नुस