अब क्यूआर कोडबाटै ट्राफिक जरिवाना तिर्न सकिने
धनगढीः काठमाडौँ उपत्यकामा अब ‘क्यूआर कोड प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैँक लिमिटेडबीचको सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा शुभारम्भ गरेको हो। उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने प्रहरीले जनाएको छ।
कार्यक्रममा बोल्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीलेट्राफिक नियम उल्लङ्घन गरे उपरसेवाग्राहीहरूले आफ्नो डिजिटल वालेट वा मोवाईल बैङकिङ एप्लिकेसनमार्फत मनिटरको स्क्रिनमादेखिएको क्यूआर कोड स्क्यान गरी तोकिएको जरिवाना रकम तिरिसकेपछि तुरून्तै आफ्नो कागजपत्र लिन सक्ने बताए।
उनले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगिएको र यसबाट आम सडक प्रयोगकर्ताहरूलाई थप सहज, सरल, छिटो र भरपर्दो भएको पनि उल्लेख गरे।