सुनचाँदी आयात खुला, बैंकहरूले एलसी खोल्न थाले
काठमाडौंः विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि रोकिएको सुनचाँदी आयात पुनः खुला गरिएको छ। नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनमा बैंकहरूले सुनचाँदी आयात रोकेका थिए। बैंकहरूले बुधबारदेखि नै सुनचाँदी आयातका लागि एलसी (प्रतीतपत्र) खोल्न थालेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै १० वस्तुको आयात मात्रै रोकेपछि सुनचाँदी आयात खुला भएको हो। रोकिएका १० वस्तुमा सुनचाँदी परेको छैन। सरकारले ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास आयातमा प्रतिबन्ध लगाइएको छ।