बेलौरीको मेयरमा दोहरिने दाउमा चौधरी, को-को बने वडाध्यक्षका उम्मेदवार ?
धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादी केन्द्रबाट पोतिलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्। स्थानीय निर्वाचनमा मेयर चौधरी बलियो उम्मेदवार रहेको जिकिर गर्दै पार्टीले उनलाई पुनः अघि सारेको हो।
उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। यस्तै, उपप्रमुखमा मञ्जु शाही उम्मेदवार बनेकी छिन्। नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा धनबहादुर विष्ट, २ मा झकबहादुर शिरिस, ३ मा हर्क भुल, ४ मा रामेश्वरी न्यौपाने, ५ मा लालबहादुर चौधरी, ६ मा रामप्रशाद बडायक, ७ मा प्रेम चौधरी, ८ मा विषराम राना र ९ मा शोभलाल चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
सोमबार कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएपनी बेलौरीका केही वडामा सहमति हुन नसकेपछि पार्टीको छुट्टाछुट्टै उम्मेदवारी परेको थियो।