डडेल्धुराको अमरगढीमा वडाध्यक्षका लागि २२ वर्षीय तमोलीद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता
२०७९ वैशाख ११, ०५:१४
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–१ को वडाध्यक्षका लागि सुरत तमोलीले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। डडेल्धुरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर तमोलीले वडाअध्यक्ष पदमा स्वतन्त्र मनोनयन दर्ता गराएका हुन्।
२२ वर्षीय तमोली विगत लामो समयदेखि विभिन्न अभियान सञ्चालन गरिरहेका छन्। उनले अमरगढी १ बाट निकै राम्रो मत पाएर जित्ने दाबी गरेका छन्।
कमेन्ट लोड गर्नुस