सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मेयरमा हमालद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता (तस्बिरहरु)

२०७९ वैशाख ११, १२:३६ खबर संवाददाता

धनगढीः सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन्। धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर हमालले मेयर पदमा स्वतन्त्र मनोनयन दर्ता गरेका हुन्।

उम्मेदवारी दर्ता गराउन हमाल बाजागाजा र ¥यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने मूलमन्त्रका साथ हमालले फागुन १९ गते धनगढीको मेयरका लागि उम्मेदवारी घोषणा गरेका थिए।

तस्बिरहरु

कमेन्ट लोड गर्नुस