सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल क्रिकेटमा दिल्लीले पन्जाबलाई ९ विकेटले हरायो

२०७९ वैशाख ८, ०७:२४ खबर संवाददाता

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई ९ विकेटले हराएको छ।

मुम्बईमा भएको खेलमा पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर भेट्टायो। दिल्लीका डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय पारी खेले।

पन्जाबका राहुल चाहरले १ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएको थियो।

दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २÷२ विकेट लिए।

जितसँगै दिल्ली ६ खेलमा ६ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा उक्लिएको छ। पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा छ।  
 

कमेन्ट लोड गर्नुस