सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२ दिनपछि गभर्नर अधिकारी राष्ट्र बैंकमा हाजिर

२०७९ वैशाख ७, १२:४७ खबर संवाददाता

काठमाडौँः १२ दिनको विश्रामपछि आज गर्भनर महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंक फर्किएका छन्। उनी आज राष्ट्र बैंकमा हाजिर भएका हुन्। सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई  चैत २५ गते निलम्बन गरेको  थियो। उनलाई अदालतले अन्तरिम आदेशमार्फत अदालतले फर्काएको छ।  अदालतले सरकारलाई तत्कालको लागि कारवाही नगर्नु भनेर अल्पकालिन अन्तरिम आदेश दिएको छ।

मंगलबारको उक्र आदेश पछि आज गभर्नर अधिकारी फर्किएका हुन्। आज राष्ट्र बैंक फर्किएक गर्भनर अधिकारीले का मगर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका छन्। संचारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा उनले अर्थमन्त्रीसँग समेत सहकार्य गर्न सहज उनले बताएका हुन्। उनी १२ दिन बाहिर बसेर कार्यालय जाँदै छन्। उनी फर्किएपछि सरकारलाई काम कारवाहीमा सहयोग वा असहयोग कस्तो होला यो कौतुहल छ। 

पछिल्लो समय अर्थतन्त्र संकटको अवस्थामा गएको र अर्थनीति र वित्तिय नीतिमा समन्वय हुन नसकको  विषय उठान भैरहेको थियो। विशेष गरि अर्थमन्त्री र गर्भनरको विचमा आवश्यक समन्वय हुन नसकको विषय बाहिर आइरहेको थियो। विलासी वस्तु आयात रोक्न अर्थमार्फत दिएको निर्देशन कार्यान्वयनमा भूमिका नखेलेको तथा उक्त सूचना पहिले नै चुहाएको सरकार पक्षले आरोप लगाउँदै उनलाई निलम्बन गरेको थियो।

कमेन्ट लोड गर्नुस