सुदूर नेपाललाई विश्वसँग जोड्दै

जसले पालेका थिए सयभन्दा धेरै सर्प, सर्पले नै टोकेर भयो मृत्यु

२०७९ वैशाख ५, ०२:२९ खबर संवाददाता

काठमाडौँः मानिसहरुको फरक फरक किसिमको शोख हुन्छन्। तर, केहीको शोख भने निकै अनौठो र जोखिमपूर्ण रहने गरेको पाइन्छन्। अमेरिकामा एक यस्तै व्यक्ति भेटिएका छन्। अमेरिकाको मेरिल्याण्डस्थित चाल्र्स काउन्टिमा बुधबार एक व्यक्ति मृत भेटिएका छन्।

मृत भेटिएका उनको घरबाट एक सयभन्दा धेरै विषालु सर्पहरु भेटिएका छन्। मेरिल्याण्डमा त्यसरी सर्पहरु पाल्नु अवैध हो। यद्यपि ४९ वर्षीय पुरुषले एक सयभन्दा धेरै सर्पलाई आफ्नो घरमा पालिरहेका थिए।

प्रहरीले ती व्यक्तिको नाम सार्वजनिक गरेको छैन। उनका छिमेकीले पछिल्लो एक दिनसम्म उनलाई नदेखेपछि घरको झ्यालबाट चिहाएर हेरेका थिए। उनी भुइँमा ढलिरहेको देखेपछि उनले प्रहरीलाई फोन गरेर बोलाएका थिए। प्रहरीहरु आएर हेर्दा घरमा १२४ ओटा विषालु सर्पहरु फेला परेका थिए। यी सबै सर्पहरुलाई निकै सुरक्षितपूर्वक पालेर राखेको पाइएको थियो।

उनले घरमा खासै केही फर्निचर पनि राखेका थिएनन्, त्यसैले सर्पहरु पिंजडाबाट फुत्किए पनि उनीहरुले मानिसहरुलाई चोट पुर्‍याउने सम्भावना कम थियो।  अनुसन्धानको क्रममा ती व्यक्तिको मृत्युको कारण सर्पले टोक्नु नै रहेको खुलेको थियो। 

कमेन्ट लोड गर्नुस