सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० कक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीको उत्तरः ‘पुष्पा, पुष्पराज अपुन लिखेगा नहीं साला’

२०७९ वैशाख ३, ०२:१३ खबर संवाददाता

धनगढीः १० कक्षामा पढ्ने एक विद्यार्थीले बोर्ड परीक्षाको उत्तर पुस्तिकामै पुष्पा फिल्मको डाइलग लेखेर घर फर्केका छन्। केही दिनअघिको यो घटना भारत पश्चिम बंगालको हो। ती बालकले बुझाएको उत्तर पुस्तिका यति बेला सोसल मिडियामा भाइरल बनेको छ। भाइरल बनेको तस्वीरमा देखिएअनुसार विद्यार्थीले आफ्नो उत्तर पुस्तिकामा लेखेका छन्, पुष्पा, पुष्पराज, अपुन लिखेगा नहीं।

फिल्मको वास्तविक डाइलग पुष्पा, पुष्पा राज, मैं झुकेगा नहीं हो। तर बालकले यसलाई आफ्नै तरिकाले शंशोधन गरी उत्तर पुस्तिकामा लेखिदिएका छन्। ती बालकले पूरै उत्तर पुस्तिकामा यो डाइलगबाहेक अरू केही लेखेका थिएनन्। 

विद्यार्थीमा परेको फिल्मको यसखाले प्रभावलाई लिएर शिक्षक र अभिभावले चिन्ता जनाएका छन्। अर्कातिर यही आन्सर सिटको मानिसहरूले भरपुर मजा लिइरहेका छन्। अनि सामाजिक सञ्जालमा मजाकका रूपमा शेयर गरिरहेका छन्। 

कमेन्ट लोड गर्नुस