सुदूर नेपाललाई विश्वसँग जोड्दै

जबराविरुद्ध दर्ता भएको महाअभियोगको मुद्दामा कागजात झिकाउने आदेश

२०७९ वैशाख २, ०७:४७ रासस

काठमाडौँ: सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्वनमा पर्नुभएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाभियोगसम्बन्धी कागजात झिकाउने आदेश गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई,  प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको संवैधानिक इजलासले आज उक्त यस्तो आदेश गरेको हो।

अधिवक्ता पुन्यप्रसाद खतिवडासमेतको गत चैत ११ गते अदालतमा बसेर कार्यसम्पादन गरिरहेको प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनु असंवैधानिक भएको उल्लेख गर्दै खारेज गर्नुपर्नेमा माग गर्दै रिट निवेदन दायर गरेका थिए। 

अदालतले संसद् सचिवालयमा दर्ता भएको महाभियोग दर्तासम्बन्धी सबै कागजात मगाउने आदेश गरेको छ। प्रधानन्यायाधीश राणाविरुद्ध गत फागुन १ गते सत्तारुढ दलका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। 

कमेन्ट लोड गर्नुस