सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्वाचन परिचालनका लागि सातै प्रदेशमा सहमहामन्त्री खटाउने कांग्रेसको निर्णय

२०७९ वैशाख २, ०५:१८ खबर संवाददाता

काठमाडौंः नेपाली कांग्रेस सातै प्रदेशमा स्थानीय तह निर्वाचन परिचालनका लागि सहमहान्त्री पठाउने निर्णय गरेको छ। कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए।

सहमहामन्त्रीले प्रदेश र जिल्लासँग समन्वय गर्नुका साथै केन्द्रबाट ७७ जिल्लाका लागि तोकिएका प्रतिनिधिसँग समेत समन्वय गर्ने बताइएको छ। सहमहान्त्रीले केन्द्रीय प्रतिनिधिसँग समन्वय गरी जिल्लामा गठबन्धन गर्ने क्रममा आएका समस्या समाधान गर्नेछन्।

सातै प्रदेशमा उपसमिति गठन गर्ने निर्णय बैठकले गरेको छ। ति समितिहरु स्थानीय तह निर्वाचन परिचालन समिति अन्तर्गत रहने छन्। जसले जिल्ला र पालिकामा निर्वाचनका लागि कार्यकर्ता परिचालन गर्ने छ। केन्द्रीय समितिले गठबन्धन गर्ने निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन दायित्व नै भएको समितिका संयोजक पूर्णबहादुर खड्काले बताए। गठबन्धन तोड्ने विषयलाई पार्टी अनुशासन भंग गरेको रुपमा बुझ्नुपर्ने उनको भनाइ छ। 

कमेन्ट लोड गर्नुस