सुदूर नेपाललाई विश्वसँग जोड्दै

६० हजारभन्दा बढी नगद रेमिट्न्सबाट पठाउन नपाइने

। फोटो स्रोत ।
२०७५ माघ २१, ०२:३३ खबर संवाददाता

अब  नेपालमै एक ठाउँबाट अर्को ठाउँमा रेमिट्यान्स कम्पनीमार्फत दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइने भएको छ। एक पटक वा दैनिक ६० हजारभन्दा बढी नगद पठाउन र झिक्न नपाइनेगरी राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको नगद कारोबारमा कडाई गरेको हो।  ६० हजारभन्दा बढी रकम एकै पटक पठाउनु परेको खण्डमा बैंक खातामार्फत पठाउनुपर्नेछ। अथवा अर्को दिन पुनः ६० हजार रुपैयाँसम्मकै रकम रेमिट्यान्स कम्पनीमार्फत पठाउन सकिनेछ। यसअघिसम्म दैनिक वा एक पटकमा १ लाख रुपैयाँसम्म नगद पठाउन र झिक्न पाइने व्यवस्था थियो। २ लाखसम्मको कारोबार व्यवस्थालाई वैशाखदेखि १ लाखमा झारिएको थियो। यो रकम पनि बढी भएको भन्दै राष्ट्र बैंकले अहिले ६० हजारमा झारेको हो।
 

कमेन्ट लोड गर्नुस