हेमजा युनाईटेड ‘कास्की लिग च्याम्पियन’
कास्की: हेमजा युनाईटेड क्लब पोखरामा सञ्चालन भएको ‘कास्की लिग फुटबल’ च्याम्पियन बनेको छ। अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० कास्कीको आयोजनामा सम्पन्न ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ। यही चैत २१ गतेदेखि सञ्चालन भएको लिगको पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो।
उपाधि जितेको हेमजा युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ७५ हजार प्राप्त ग¥यो भने उपविजेता शितलज्योतिले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजारमा चित्त बुझायो। विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधैँ भाग लिन पाउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए। प्रतियोगितामा एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता थियो।