सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका तीन जिल्लामा निशुल्क स्वास्थ्य परीक्षण

२०७९ वैशाख १, ०१:४३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम सरकार र नेपालगंज मेडिकल कलेजको सहकार्यमा प्रदेशका तीन जिल्लामा निशुल्क स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सेवा प्रदान गरिएको छ। सरकारी सेवाबाट अवकास प्राप्त (हाल नेपालगंज मेडिकल कलेजमा कार्यरत) प्राडा ढुण्डीराज पौडेलको नेतृत्वमा विशेषज्ञ चिकित्सक डा कुमार श्रेष्ठ, प्रशिक्षार्थी चिकित्सक डा प्रज्वल शर्मासहितको टोलिले बाजुरा, अछाम, डडेल्धुरा र बैतडीका एक हजार बढीको निशुल्क स्वास्थ्य परीक्षण गरेको छ।

परीक्षण पश्चात ६६ जनाको अछामको बयालपाटा अस्पताल र डडेल्धुरा अस्पतालमा शल्यक्रिया समेत गरिएको छ। अछामको बयालपाटा अस्पतालमा ३७ जना र डडेल्धुरा अस्पतालमा २९ जना गरी कुल ६६ जनाको निशुल्क शल्यक्रिया गरिएको हो।

कमेन्ट लोड गर्नुस