सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्री आलेले बतास समूहलाई भनेः १०५ किलोको मन्त्रीलाई ५५ किलोको मान्छेले उडाउन खोज्ने ?

२०७८ चैत्र ३०, ०६:१८ खबर संवाददाता

काठमाडौंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीलाई व्यापारीको कब्जाबाट छुटाउन खोज्दा आफूलाई मन्त्री पदबाट हटाउन खोजिएको बताएका छन्। १७ औं फेवा नव वर्ष महोत्सवको बुधबार पोखरामा उद्घाटन गर्दै उनले विगतको सरकारले एउटा व्यापारीलाई कौडीको भाउमा नारायणहिटी जिम्मा लगाउने काम गरेको बताए।

दिएको छ, ६ आना, कब्जा गरेको छ, १४ रोपनी। कब्जा गर्नुभन्दा पहिला हेर्नुपर्छ कि पर्दैन कति किलोको मन्त्री छ यहाँ भनेर। यसलाई उडाउन सकिएला कि नसकिएला भनेर सोच्नुपर्छ कि पर्दैन ?,’ बतास समूहतर्फ इंगित गर्दै उनले भने, ‘एक सय पाँच किलोको मान्छे मन्त्रीको सिटमा बसेको छ, ५५ किलोको मान्छेले उडाउन खोज्छ, त्यो कदाचित हुनेवाला छैन।’
नारायणहिटी र पशुपति धर्मशालाको दुइटा मुद्दा सरकारले जितिसके पनि आफूले सहयोग नपाएको उनले गुनासो गरे। ‘वडाको मुचुल्का बनाउन जाँदा प्रहरी प्रशासन समयमा पुग्दैन। वडाध्यक्ष, वडा सदस्य जम्मै एकैदिनमा बिरामी हुन्छन्। यस्तो दूर्भाग्य’ उनले भने, ‘मेरै मन्त्रालयका कर्मचारी पनि को कहाँ मिलेका छन् थाहै छैन। यस्तो खालको विडम्बना छ।’

कमेन्ट लोड गर्नुस