सरकारको भूमिका जनताको अपेक्षा अनुसार भएन : डा. भट्टराइ
नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले सरकार पुरानै तरिकाले चलेको बताउनु भएको छ।
‘असल राजनीति र समावेशी विकासका लागि जनसम्बाद’ गर्नेक्रममा खोटाङ आइपुग्नु भएका डा. भट्टराईले सोमबार बिहान दिक्तेलमा भएको पत्रकार भेटघाट कार्यक्रममा सरकारको गती पूरानै शैलीको भएको र सरकारको भूमिका जनताको अपेक्षा अनुसार नभएको बताए।
भट्टराईले जनताको जीवनमा परिवर्तन आउने खालका ठूल–ठूला परियोजना, लाखौं जनताले रोजगार प्राप्त गर्ने वातावरण बन्न नसक्दा जनतामा निराशा छाएको समेत बताएका छन।