सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले र परिवार दलबीच पनि चुनावी तालमेल

२०७८ चैत्र ३०, ०४:३१ खबर संवाददाता

काठमाडौं : नेकपा एमाले र नेपाल परिवार दलबीच पनि चुनावी तालमेल भएको छ। बुधबार एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच चुनावी तालमेल पत्रमा हस्ताक्षर भएको होे।

परिवार दलले आगामी स्थानीय तहको निर्वाचनमा सूर्य चिन्ह लिएर चुनाव लड्ने सहमति समेत गरिएको छ। एमाले र नेपाल परिवार दलका जिल्ला कमिटीहरुले आपसमा छलफल गरेर चुनावी तालमेलबारे उपयुक्त निर्णय गर्ने बताइएको छ। आजै कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि एमालेसँग तालमेल गरेको छ। 

कमेन्ट लोड गर्नुस