सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको शिखर नगरपालिकामा चुनावी तालमेल नगर्ने काँग्रेसको निर्णय

२०७८ चैत्र २९, ०३:४६ खबर संवाददाता

डोटी: डोटीको शिखर नगरपालिकामा सत्ता गठबन्धन दलसँग चुनावी तालमेल नगर्ने नेपाली काँग्रेसले निर्णय गरेको छ। काँग्रेस शिखर नगर कमिटीले स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल नगर्ने निर्णय गरेको हो।  

तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेसले एक्लै चुनाव लड्ने नेपाली काँग्रेस शिखर नगर कमिटीका सचिव अर्जुन कुमार बलायरले बताए।  चुनावी तालमेलका सम्बन्धमा सत्ता साझेदार दलका नेताहरुका बीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेको काँग्रेसले जनाएको छ। 

यसअघि शिखर नगरपालिकामा नेपाली काँग्रेले मेयर उपमेयरसहित ७ वटा वडामा जित हाँसिल गरेको थियो। नेकपा एमालेले ३ वटा वडामा विजय हुँदा नेकपा माओवादी एक वडामा सिमित रहेको थियो।


 

कमेन्ट लोड गर्नुस