सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारी सुविधाको इन्धन कटौती गरिँदै, २० प्रतिशत खपत घटाउने लक्ष्य

२०७८ चैत्र २८, ०५:३९ खबर संवाददाता

काठमाडौँः पेट्रोलियम पदार्थ व्यवस्थापनका लागि सरकारी सुविधाको इन्धन खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा गएको छ। पेट्रोलियम पदार्थको खपत २० प्रतिशत कम हुने गरी कटौती योजना बनाइएको अर्थमन्त्री जनार्दन शर्माले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए। 

विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने र विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा गएको उनले बताए। बाह्य क्षेत्र बिग्रेकाले त्यसका लागि पहल गरिएको मन्त्री शर्माले बताए।

कमेन्ट लोड गर्नुस